Main News

ओलीलाई नेकपाको नाम लिने अधिकार छैनः अध्यक्ष नेपाल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ १३ गते १८:१९
ओलीलाई नेकपाको नाम लिने अधिकार छैनः अध्यक्ष नेपाल (भिडियो रिपोर्टसहित)

१३ माघ २०७७ पाँचथर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको नाम लिने अधिकार नभएको दाबी गर्नुभएको छ ।

पाँचथरको सदरमुकाम फिदिममा आज कार्यकर्ता प्रशिक्षण भेलामा अध्यक्ष नेपालले आफूहरुलाई ७० प्रतिशत केन्द्रीय सदस्यको साथ रहेको भन्दै ओली घर र गुटको मात्रै अध्यक्ष भएको टिप्पणी गर्नुभयो ।

अध्यक्ष नेपालले जाल, झेल तथा षडयन्त्र गर्न ओलीलाई कसैले नजित्ने बताउनु भयो । ओलीले अध्यक्ष प्रचण्डलाई बालुवाटारमा घण्टौं कुराएर धरधरी रुवाएको उहाँको भनाइ छ । ।

ओलीले बाटोमा फेला परेका जति सबैलाई केन्द्रीय सदस्य बनाइदिएको भन्दै नेपालले निर्वाचन आयोगको निर्णयसँगै अहिले उनीहरुको विजोग भएको दाबी पनि गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *