Main News

संसद विघटन गरेर प्रधानमन्त्रीले हिटलरी पारा देखाएको वरिष्ठ अधिवक्ता थापाको टिप्पणी

हिमालय टिभी
२०७७ माघ १३ गते १५:२६
संसद विघटन गरेर प्रधानमन्त्रीले हिटलरी पारा देखाएको वरिष्ठ अधिवक्ता थापाको टिप्पणी

१३ माघ २०७७ काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले संसद विघटन गरेर प्रधानमन्त्रीले हिटलरी पारा देखाएको टिप्पणी गर्नुभएको छ ।

संवैधानिक इजलासमा बहस गर्दै थापाले प्रधानमन्त्री ओलीको सोच र कार्यशैलीमाथि प्रश्न उठाउनुभएको हो । संसद विघटनले प्रजातन्त्रमाथि नै गम्भीर प्रश्न उठेको थापाको तर्क छ ।

भएको संसद विघटन गरेर ‘मलाई दुई तिहाई चाहियो भन्दै हिंड्नु हिटलरी पारा भएको थापाले टिप्पणी गर्नुभयो । प्रधानमन्त्रीले लिखित जवाफमा संसद विघटनलाई आफ्नो अधिकार भनेकोमा आपत्ति जनाउँदै थापाले त्यो अधिकार कहाँ छ देखाइदिनु पर्यो भनेर माग गर्नुभयो ।

प्रधानमन्त्रीले संसद विघटनको औचित्य पुष्टि गर्न नसकेको थापाको जिकिर छ । एकातिर प्रधानमन्त्रीले बाध्यता र अर्कोतिर राजनीतिक अधिकार भनेकोमा थापाले प्रश्न उठाउनुभयो ।

प्रधानमन्त्रीले जतिबेला चाह्यो त्यतिबेला निर्वाचन घोषणा गरेर जनमत माग्ने अधिकार संविधानले नदिएको र निर्वाचन प्रधानमन्त्रीको खल्तीको विषय नभएको पनि थापाले तर्क गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *