विदेश

भारत आज ७२औं गणतन्त्र दिवस मनाउँदै

हिमालय टिभी
२०७७ माघ १३ गते ९:१३
भारत आज ७२औं गणतन्त्र दिवस मनाउँदै

१३ माघ २०७७ नयाँ दिल्ली । छिमेकी देश भारतले आज ७२ औं गणतन्त्र दिवस मनाउँदैछ ।

२६ जवनरी अर्थात् ७२ औं गणतन्त्र दिवस भारतले आज देशभर भव्य रुपमा मनाउने तयारी गरेको छ । यस अवसरमा केन्द्रीय राजधानी दिल्लीमा सैन्य परेड र सांस्कृतिक झलक प्रदर्शन गरिंदैछ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्नेछन् । भारतीय रक्षा मन्त्रालयले दिवसको अवसरमा निस्कने परेडमा १७ वटा राज्य र केन्द्र शासित प्रदेशहरुका झाँकी, ६ वटा रक्षा मन्त्रालयका झाँकी, केन्द्रीय मन्त्रालय र अर्धसैनिक बलका झाँकीसहित ३२ वटा झाँकी देशका समृद्ध सांस्कृति धरोहर, आर्थिक उन्नती र सैन्य ताकत झल्काउने गरी प्रदर्शन गरिने जनाएको छ ।

यस्तै पहिलोपटक भारतीय सेनाले राफेल लडाकू विमानका साथ टी–नाइन्टी ट्याङ्क, समविजय इलेक्ट्रोनिक युद्धक प्रणाली, सुखोई–थर्टी एमके आई लडाकु विमानसमेत प्रदर्शन गर्ने जनाएको छ ।

त्यस्तै यस अवसरमा दिइने पद्म विभूषणबाट जापानका पूर्वप्रधानमन्त्री सिञ्जो आवे लगायत सम्मानित हुने छन् । उता आन्दोलनरत किसानले दिल्लीसँगको सीमामा ट्रयाक्टर र्‍याली निकाल्ने छन् । यस अवसरमा भारतभर उच्च सतर्कता अपनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *