Main News

संसद विघटनविरुद्धको रिटमा आज पनि सुनुवाइ

हिमालय टिभी
२०७७ माघ १३ गते ७:४८
संसद विघटनविरुद्धको रिटमा आज पनि सुनुवाइ

१३ माघ २०७७ काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिट निवेदनमाथिको सुनुवाइ आज पनि हुँदैछ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले यही माघ ४ गतेदेखि संवैधानिक इजलासमै विषय केन्द्रित बहस गरिएको आठौँ दिनमा हिजो वरिष्ठ अधिवक्ता शम्भु थापा र अधिवक्ता मेघराज पोखरेलले बहस गर्नु भएको छ ।

वरिष्ठ अधिवक्ता थापाले नेपालको संविधानमा विघटन गर्ने व्यवस्था नभएको तर्क प्रस्तुत गर्नु भएको थियो ।

अधिवक्ता मेघराज पोखरेलले संविधानविपरीत प्रतिनिधि सभा विघटन गर्ने कार्य गरेको हुँदा विघटन गर्ने संवैधानिक आधार नभएको जिकिर गर्नुभयो । हिजोसम्म रिट निवेदकका तर्फबाट ४३ कानून व्यवसायीले बहस गरेका छन् ।

इजलासले समयमा निकै कडाइ गरेको छ । प्रधानन्यायाधीश राणाले समयलाई ध्यान दिन आग्रह गर्दै बहस गर्ने अधिवक्तालाई समय निर्धारण गर्दै आउनु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *