Main News
संसदले सहयोग नगरेको भन्दै प्रधानमन्त्रीको आरोपको सभामुख सापकोटाद्वारा प्रतिवाद (भिडियो रिपोर्टसहित)
२०७७ माघ १२ गते १९:०७

१२ माघ २०७७ काठमाडौं । संसदले सहयोग गरेन भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको आरोपको सभामुख अग्निप्रसाद सापकोटाले प्रतिवाद गर्नुभएको छ ।
अन्तरपार्टी महिला सञ्जालको ध्यानाकर्षण पत्र बुझ्दै सभामुख सापकोटाले प्रतिनिधि सभाले कहिल्यै पनि सरकारलाई असहयोग नगरेको बताउनुभयो । संसदमा अराजकता भयो, अनुशासन भएन भन्ने प्रधानमन्त्री ओलीको आरोपको सभामुख सापकोटाले खण्डन गर्नुभयो ।
प्रधानमन्त्री ओलीले बारम्बार संसदबाट असहयोग गरेको आरोप लगाएपछि सभामुखले प्रतिक्रिया दिनुभएको हो । संसद चलाउने विषयमा आफूले गम्भीर ढंगले अध्ययन गरिरहेको पनि सभामुख सापकोटाले बताउनुभयो ।
अन्तरपार्टी महिला सञ्जालले प्रतिनिधि सभा विघटनलाई अस्वीकार गरी बैठक बोलाउन माग गर्दै सभामुख सापकोटालाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
प्रतिक्रिया