राजनीति
नेकपा एकताका लागि दबाब दिन प्युठानमा १०१ सदस्यीय कमिटी गठन
२०७७ माघ १२ गते १३:४७
१२ माघ २०७७ प्युठान । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई पुनः एकता गराउन दबाब दिन प्युठानमा १०१ सदस्यीय कमिटी गठन भएको छ ।
उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता राष्ट्रिय अभियान सञ्चालन गर्ने चर्चा चलिरहेका बेला प्युठानमा एकता पक्षका अगुवा कार्यकर्ताको भेलाले टीकाबहादुर गुरुङको संयोजकत्वमा कमिटी गठन गरेको हो ।
नवगठित समितिका सचिव इमानसिंह भारतीले पार्टीलाई विभाजनबाट रोक्न दबाव सिर्जना गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
भेलाले गरेका निर्णयहरु पार्टी केन्द्रीय कार्यालय र जिल्ला कार्यालयमा पठाइनेछ ।
प्रतिक्रिया