जाडोले कपिलवस्तुका विद्यालय चार दिन बन्द

हिमालय टिभी
२०७७ माघ १२ गते ६:२३
जाडोले कपिलवस्तुका विद्यालय चार दिन बन्द

१२ माघ २०७७ कपिलवस्तु । कपिलवस्तुमा दुई पालिकाका विद्यालय बन्द गरिएका छन् । कपिलवस्तु नगरपालिका र मायादेवी गाउँपालिकाका विद्यालय शीतलहरका कारण चार दिनका लागि बन्द गर्ने निर्णय भएको हो । जाडो बढेकाले पठनपाठनमा समस्या आएपछि विद्यालयमा बिदा थपिएको हो ।

शुरुमा यही माघ ८ देखि माघ १० गतेसम्मका लागि नगरपालिकामा रहेका सबै सरकारी र निजी विद्यालयहरु बन्द गरिएका थिए । नगर शिक्षा समितिको निर्णयअनुसार चार दिनका लागि जाडो बिदा थप गरिएको नगरपालिका शिक्षा एकाइका उपसचिव हरिप्रसाद ज्ञवालीले बताउनुभयो ।

माघ १५ देखि विद्यालय सञ्चालन हुने बताइएको छ । जाडोले गर्दा प्राविमा पढने स–साना विद्यार्थीहरु बढी प्रभावित बनेका छन् । जाडोले गर्दा विद्यार्थीको न्यून उपस्थिति भएकाले पठनपाठनसमेत प्रभावकारी हुन नसकेको शिक्षकहरु बताउँछन् ।

त्यस्तै मायादेवी गाउँपालिकाका विद्यालयमा पनि तीन दिनका लागि जाडो बिदा दिइएको छ । धेरै चिसोले गर्दा विद्यार्थीको स्वास्थ्यमा समस्या आउनसक्ने भन्दै गाउँपालिकाभित्र रहेका सबै विद्यालय बन्द गरिएको हो ।

गाउँपालिका शिक्षा शाखाका प्रमुख अमिनप्रसाद कुर्मीले सूचना निकाल्दै गाउँपालिकाभित्र रहेका सबै विद्यालय तीन दिनका लागि बन्द गर्ने जनाइएको छ । माघको शुरुदेखि नै कपिलवस्तुमा बाक्लो हुस्सु र शीतलहरले जनजीवन प्रभावित भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *