Main News
मेलम्चीको सुरुङमार्ग निर्माण सन्तोषजनकः मन्त्री थापा (भिडियो रिपोर्टसहित)
२०७७ माघ ११ गते १७:५७
![मेलम्चीको सुरुङमार्ग निर्माण सन्तोषजनकः मन्त्री थापा (भिडियो रिपोर्टसहित)](https://www.himalayatv.com/wp-content/uploads/2021/01/melamchi-surung.jpg)
११ माघ २०७७ काठमाडौं । खानेपानी मन्त्री मणिचन्द्र थापाले मेलम्ची खानेपानी आयोजना अन्तर्गत सुन्दरीजल क्षेत्रको सुरुङमार्गको अवलोकन गर्नुभएको छ ।
मन्त्री थापाले आज मेलम्ची खानेपानी आयोजनाको अवलोकन गरी सुरुङमार्गको काम सन्तोषजनक भएको प्रतिक्रिया दिनुभयो ।
मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले सुरुङको काम सम्पन्न भइसकेको भए पनि परीक्षण अघि विज्ञ समूहलाई निरीक्षण गराइ सुधारका काम भइरहेको बताउनुभयो ।
सुरुङमा थालिएको सुधारको काम तीन हप्तामा सकेर फागुन पहिलो साताबाट पानी पठाई परीक्षणको काम शुरु हुने कार्यकारी निर्देशक खत्रीले जानकारी दिनुभयो ।
प्रतिक्रिया