गैरआवासीय नेपाली संघको विशेष महाधिवेशन आज शुरु हुँदै
१० माघ २०७७ काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)को विशेष महाधिवेशन आजदेखि शुरु हुँदैछ।
विधान संशोधनको साझा प्रस्तावलाई विशेष महाधिवेशनमा प्रस्तुत गर्ने सहमतिसँगै एनआरएनएनमा देखिएको विवाद समेत टुंगिएको छ। दुई दिनसम्म भर्चुअल रुपमा हुने संघको विशेष महाधिवेशनको उद्घाटन परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले गर्ने तय भएको छ।
महाधिवेशनमा ५० भन्दा बढी देशका २६ सय जना प्रतिनिधि सहभागी हुने संघले जनाएको छ । जूमको माध्यमबाट आयोजना गरिने विशेष केन्द्रीय महाधिवेशनमा नवौं महाधिवेशनबाट पारित हुन नसकेको आर्थिक प्रतिवेदन र सहमतिका आधारमा तयार गरिएको विधान संशोधन प्रस्तावमाथि छलफल हुनेछ।
थप एक युवासहित ६ जना उपाध्यक्ष रहने, दुई सहकोषाध्यक्षमध्ये एक महिला अनिवार्य, एक महिलासहित २ जना सचिव थप्ने, केन्द्रीय सल्लाहकार ११ जनाबाट बढाएर २१ जना बनाउने, संघका अध्यक्षले विश्वभरबाट १५ जना प्रतिनिधि थप्न सक्ने लगायतका थुप्रै परिवर्तनहरु विधान संशोधनमार्फत हुने भएका छन्।
प्रतिक्रिया