Political Hightlights
देशमा फेरि जनआन्दोलनको आवश्यकताः अध्यक्ष डा. भट्टराई
२०७७ माघ ९ गते १३:४९
![देशमा फेरि जनआन्दोलनको आवश्यकताः अध्यक्ष डा. भट्टराई](https://www.himalayatv.com/wp-content/uploads/2021/01/baburam-bhattarai.jpg)
९ माघ २०७७ काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले देशमा फेरि जनआन्दोलनको आवश्यकता रहेको बताउनु भएको छ ।
बुटवलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष भट्टराईले प्रधानमन्त्रीको कदमले देशलाई प्रतिगमनमा लगेको भन्दै तेस्रो जनआन्दोलनको आवश्यकता औंल्याउनु भएको हो ।
पूर्वप्रधानमन्त्री समेत रहनु भएका डा. भट्टराईले सर्वोच्च अदालतबाट संसद पुनर्स्थापना नभए सबै राजनीतिक दल र नागरिक मिलेर अहिलेको प्रतिगामी शक्तिलाई झुकाउनुपर्ने बताउनुभयो ।
सरकारले तोकेको समयमा चुनाव नहुने बताउँदै भट्टराईले जनतालाई अलमलमा राख्नका लागि मात्र सरकारले चुनावको समय तोकेको दाबी गर्नुभयो ।
प्रतिक्रिया