Political Hightlights

जब अर्थमन्त्रीले चुनाव वैशाख होइन, मंसिरमा भने …. (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ ९ गते ६:३४
जब अर्थमन्त्रीले चुनाव वैशाख होइन, मंसिरमा भने …. (भिडियो रिपोर्टसहित)

९ माघ २०७७ काठमाडौं । संसद विघटन गरी वैशाख १७ र २७ गतेका लागि मध्यावधि चुनाव घोषणा गरिएको छ । र, ओली सरकारले भनिरहेको छ–तोकिएकै मितिमा चुनाव हुन्छ ।

तर अरु राजनीतिक दलले भने त्यसमा शंका व्यक्त गरेका छन । विरोधीको यही आशंकामा बल पुग्ने गरी अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अभिव्यक्ति आएको छ । मन्त्री पौडेलको जीब्रो चिप्लिएको हो कि सरकारले नै त्यस्तो तयारी गरेको हो भन्ने शंका उत्पन्न भएको छ ।

संसद विघटन गरी वैशाख १७ र २७ गतेका लागि मध्यावधि चुनाव घोषणा गरिएको छ । र, ओली सरकारले भनिरहेको छ–तोकिएकै मितिमा चुनाव हुन्छ । तर आफू निकट पत्रकारको भेलामा अर्थमन्त्री एवम ओली समूहको नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले चुनावमा मंसिरमा हुन्छ भनिदिनुभयो ।

एक्कासी मन्त्री पौडेलले यसो भनेपछि प्रेस संगठनको भेलामा कानेखुशी चल्यो । भेलाको सभापतित्व गरिरहेका प्रेस संगठनका सह–संयोजक गणेश बस्नेतले कागजको चिर्कटोमा केही लेखेर भाषण गरिरहेका अर्थमन्त्री पौडेललाई दिनुभयो । त्यसपछि पौडेलले पटक पटक तोकिएकै मिति बैशाख १७ र २७ मा चुनाव हुने भनेर सच्याउनुभयो ।

मन्त्री पौडेलले डेट त पुरानै भनेर सच्याउनुभयो । तर यो कतै छलफल भएको विषय त होईन भन्ने प्रश्न पनि उठेको छ । किनकी कतिपयले ओली सरकारले चुनाव गराउँदैन र वैशाखमा संभव पनि छैन भनिरहेका बेला मन्त्री पौडेलको यस्तो कुरा आएको छ । कतै प्रधानमन्त्रीको सोच मन्त्री पौडेलको मुखबाट बाहिर आएको हो वा बाह्य मत बुझ्ने उद्देश्यले सोंचविचार गरेरै मंसिरमा भनिएको त होइन ? त्यो विस्तारै खुल्दै जाला ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्