गण्डकी प्रदेशमा थप तीन जना कोरोना संक्रमितको मृत्यु

हिमालय टिभी
२०७७ माघ ७ गते १८:२४
गण्डकी प्रदेशमा थप तीन जना कोरोना संक्रमितको मृत्यु

७ माघ २०७७ पोखरा । गण्डकी प्रदेशमा थप तीन जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नवलपुर, कास्की र स्याङ्जाका एकएक जना छन् । नवलपुर गैडाकोट नगरपालिका–१३ का ५५ वर्षीय पुरुषको माघ ६ गते भरतपुर अस्पताल चितवनमा मृत्यु भएको हो । उनलाई पुस २६ गते संक्रमण पुष्टि भएको थियो ।

स्याङजा, बिरुवा गाउँपालिका–५ का ७० वर्षीय पुरुषको माघ ७ गते पोखरा स्वस्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । ती पुरुषलाई माघ ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै कास्की, पोखरा महानगर–२९ का ३५ वर्षीय महिलाको माघ ७ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ, ती महिलालाई पुस २९ गते संक्रमण पुष्टि भएको थियो । योसँगै गण्डकीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २०२ पुगेको छ ।

गण्डकीमा आज थप ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २७५ वटा स्वाबका नमूना परीक्षण गर्दा थप संक्रमित मेटिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ । सोही समयमा ३९ जना संक्रमणमुक्त भएका छन् ।

प्रदेशभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या १५ हजार २६४ छ । ती मध्य १४ हजार ६०७ जना संक्रमणमुक्त भइसकेका छन् । हाल आइसोलेसनमा रहनेको संख्या ४५५ छ । त्यसमध्ये ४३१ संक्रमित होम आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *