Main News

बाहिरी गतिविधिबाट अदालत प्रभावित हुँदैनः न्यायाधीश सिन्हा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ ७ गते १७:०८
बाहिरी गतिविधिबाट अदालत प्रभावित हुँदैनः न्यायाधीश सिन्हा (भिडियो रिपोर्टसहित)

७ माघ २०७७ काठमाडौं । न्यायाधीश अनिलकुमार सिन्हाले बाहिरी गतिविधिबाट अदालत प्रभावित नहुने बताउनुभएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाइका क्रममा न्यायाधीश सिन्हाले अदालतबाहिर भएका कुनै पनि गतिविधि र अभिव्यक्तिबाट प्रभावित नहुने बताउनुभएको हो ।

बहसका क्रममा अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनर्स्थापना हुँदैन भनिरहेकाले त्यसमा रोक लगाउनुपर्ने माग गर्नुभएको थियो ।

प्रधानमन्त्रीको अभिव्यक्ति शक्तिपृथकीकरणको सिद्धान्तविपरीत भन्दै न्यौपानेले त्यसले अदालतको कार्यक्षेत्रलाई हस्तक्षेप गरिरहेको बताउनुभएको थियो ।

जवाफमा न्यायाधीश सिन्हाले तपाईहरु प्रभावित हुनुहुन्छ की हुँदैन भन्दै प्रश्न गर्दै यदि तपाईँहरु प्रभावित नहुने भए अदालत पनि प्रभावित हुँदैन भन्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *