विदेश

ट्रम्पको विदाइ सम्बोधन– कठिन लडाइँ लडियो, आज बाइडेनले सपथ लिँदै

हिमालय टिभी
२०७७ माघ ७ गते ७:४७
ट्रम्पको विदाइ सम्बोधन– कठिन लडाइँ लडियो, आज बाइडेनले सपथ लिँदै

७ माघ २०७७ वाशिङ्गटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पद छाड्नु अघि विदाइ सम्बोधन गरेका छन् ।

आफ्नो कार्यकालको अन्तिम दिन राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसबाट विदाइ सम्बोधन गरेका हुन् । आफू जुन कामका लागि चुनिएको र आफूले वाचा गरे भन्दा बढी गरेको बताए ।

सामाजिक सञ्जाल यूट्यूबमा जारी गरिएको सम्बोधनमा उनले कठिन लडाइ लडेको र गाह्रो संघर्षको सामना गर्नु परेको बताए । उनले आफूहरु सधैं संसारका निम्ति आशा, प्रकाश तथा गौरवको भूमि भएको र रहनुपर्नेमा जोड दिए ।

आफूहरुले अमेरिकी सरकार जनताप्रति जवाफदेही हुन्छ भन्ने पवित्र मान्यता पुनर्स्थापित गरेको समेत बताए । आफ्नो प्रशासनले विश्वकै इतिहासमा बलियो अर्थतन्त्र निर्माण गर्न सफल भएको दाबी उनले गरे ।

त्यस्तै ट्रम्पले आउने नयाँ प्रशासनलाई अमेरिकालाई सुरक्षित र सम्पन्न बनाइ राख्न सफलता मिलोस् भन्दै शुभकामना दिए । राष्ट्रपति ट्रम्पले अझै जो बाइडेनको जितलाई स्वीकार गरेका छैनन् ।

संसद भवनमा भएको आक्रमणका लागि उक्साएको भन्दै ट्रम्पमाथि तल्लो सदनमा दोस्रो पटक महाभियोग प्रस्ताव दर्ता भैसकेको छ । हाल व्यक्तिगत सामाजिक सञ्जाल प्रयोग गर्नबाट वञ्चित ट्रम्पले यूट्यूबमा छोटो भिडियो सम्बोधनमा आफ्नो प्रशासनको बचाउ गर्दै थोरै मेलमिलापको आशय झल्कने बयान दिए ।

ट्रम्प अमेरिकी इतिहासमै सबैभन्दा अनपपुलर राष्ट्रपतिका रुपमा बिदा हुँदैछन् । जो बाइडेनले आज ४६औं अमेरिकी राष्ट्रपतिका रुपमा शपथ ग्रहण गर्दैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *