विदेश

कोरोना महामारीका बावजुद चीनको अर्थतन्त्र उकालो लाग्दै

हिमालय टिभी
२०७७ माघ ५ गते १९:०३
कोरोना महामारीका बावजुद चीनको अर्थतन्त्र उकालो लाग्दै

५ माघ २०७७ बेइजिङ । कोरोना भाइरसको महामारीका बावजुद चीनको अर्थतन्त्र उकालो लागेको छ ।

सन् २०२० मा चीनको कुल गार्हस्थ उत्पादन दुई दशमलब तीन प्रतिशतले बढेको छ । चीनको केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको विवरण अनुसार वर्षको सुरुवातमा धर्मराएको अर्थतन्त्र अन्तिम समयसम्म पुग्दा सम्हालिएको थियो ।

सन् २०२० को पहिलो चौमासिकमा चीनको कुल गार्हस्थ उत्पादन ६ दशमलव आठ प्रतिशतले घटेको थियो । तर, कोरोना भाइरसको महामारीलाई नियन्त्रणमा राख्न सफल हुँदै दोस्रो चौमासिकमा चीनले तीन दशमलब दुई प्रतिशतले सुधार गरेको थियो ।

तेस्रो चौमासिकमा चार दशमलब नौ र अन्तिम चौमासिकमा ६ दशमलब पाँच प्रतिशतले वृद्धि भएको थियो ।

कोरोना भाइरसका कारण विश्व आक्रान्त रहँदा आर्थिक सुधार गर्ने चीन सबैभन्दा ठूलो अर्थतन्त्र बनेको छ ।

चीनमा उत्पादन भएका सामग्रीको घरेलुसँगै अन्तर्राष्ट्रिय बजारमा पनि खपत हुनु अर्थतन्त्र बढ्नुको मुख्य कारण हो । कोरोना भाइरससम्बन्धी स्वास्थ्य सामग्री उत्पादन र निर्यातमा पनि चीन अगाडी छ । ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *