राजनीति

पार्टी एकीकरणका बेला भएको सहमतिमा ओली इमान्दार भएनन्ः प्रचण्ड (भिडियोसहित)

हिमालय टिभी
२०७७ माघ ५ गते १७:२२
पार्टी एकीकरणका बेला भएको सहमतिमा ओली इमान्दार भएनन्ः प्रचण्ड (भिडियोसहित)

५ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकीरकरणका बेला गरिएका सहमतिमा केपी ओली इमान्दार नभएका कारण पार्टीमा समस्या आएको बताउनुभएको छ ।

काठमाडौंमा भएको अखिल नेपाल महिला संघको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकता गर्दा तय गरिएको विचार, विधि र पद्धति कार्यान्वयनमा प्रधानमन्त्री ओलीले इमान्दारिता नदेखाएका कारण अहिलेको परिस्थिति सिर्जना भएको बताउनुभएको हो ।

उहाँले पार्टीभित्र व्यक्तिगत र पदका लागि संघर्ष नभएको भन्दै विचार, विधि तथा पद्धतिको संघर्ष भएको बताउनुभयो । राजनीतिक प्रतिवेदन तथा पार्टीको विधान अनुरुप चले नचलेको हेरेर को सही र को गलत छुट्याउन उहाँले कार्यकर्ताहरुलाई अनुरोध गर्नुभयो । प्रधानमन्त्री ओलीले पार्टी एकताको बेलामा गरेको सहमति, समझदारी तथा निर्णयहरुको अतिक्रमण गरेपछि पार्टीमा समस्या शुरु हुन थालेको उहाँको भनाइ छ ।

अध्यक्ष प्रचण्डले पार्टीलाई बलियो बनाउने आफ्नो मनशाय भएको भए पनि प्रधानमन्त्री ओलीको शक्ति केन्द्रीत गर्ने मनशाय मात्रै भएको जिकिर गर्नुभयो । ओलीले सबै सहमति किर्ते गरेका कारण प्रतिगामी सोच रहेछ भन्ने प्रमाणित भएको उहाँको भनाइ छ । प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा पुगेकाले आफुहरुले आधिकारिकता पाउने विश्वास व्यक्त गर्दै उहाँले आफुहरु जनताको अदालतमा जाने उहाँले बताउनुभयो ।

अध्यक्ष प्रचण्डले आन्दोलनलाई निरन्तरता दिने बताउनुभयो । माघ १६ गतेपछि आम हड्ताल नै गर्नुपर्ने अवस्था आउनसक्ने भन्दै उहाँले कार्यकर्तालाई तयार रहन निर्देशन समेत दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्