क्यान्सर सचेतना तथा हिंसाविरुद्ध पत्रकारिता पुरस्कार घोषणा

हिमालय टिभी
२०७७ माघ ४ गते १७:३६
क्यान्सर सचेतना तथा हिंसाविरुद्ध पत्रकारिता पुरस्कार घोषणा

४ माघ २०७७ कावासोती । राधा क्यान्सर सचेतना फाउण्डेशनले क्यान्सरका बारेमा सचेतना जगाउन र महिला हिंसाविरुद्ध आवाज उठाउन प्रेरित गर्न पत्रकारिता पुरस्कारको घोषणा गरेको छ ।

फाउण्डेशनका अध्यक्ष एवं पत्रकार प्रकाश बस्यालले २ लाख राशीको राधा स्मृति अक्षयकोष स्थापना गरिएको जानकारी दिँदै हरेक वर्ष २० हजार रुपैयाँको ‘राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्धको पत्रकारिता पुरस्कार’ ले सम्मान गरिने जानकारी दिनुभयो ।

कावासोतीमा आयोजित फाउण्डेशनको कार्यक्रममा अध्यक्ष बस्यालले हरेक वर्ष फागुन ९ गते स्वर्गीय पत्रकार राधा बस्यालको जन्मजयन्तीको दिन नवलपुरबाटै ‘राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्धको पत्रकारिता पुरस्कार’ले सम्मान गरिने बताउनुभयो ।

देशैभरका पत्रकारले हरेक वर्षको वैशाखदेखि पुस मसान्तसम्म प्रकाशन–प्रशारण गरेका क्यान्सर सचेतना र हिंसाविरुद्धका ३, क्यान्सर सम्बन्धी एक लेख तथा समाचार फागुन ४ गतेभित्र फाउन्डेशनको इमेलमा पठाउन सकिने जनाइएको छ ।

‘१० वर्षदेखि सक्रिय पत्रकारितामा रहेकी बस्याल विवाह पश्चात घरेलु हिंसाको शिकार भए पनि निरन्तर हिंसाका विरुद्धमा र न्यायको पक्षमा लडिरहिन । क्यान्सरबारेको सचेतना जगाउन सक्रिय राधाको स्तन क्यान्सका कारण गत कात्तिक १४ गते निधन भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *