Main News

थप २६६ जनामा कोरोना संक्रमण पुष्टि, पाँच जनाको मृत्यु

हिमालय टिभी
२०७७ माघ ४ गते १६:२७
थप २६६ जनामा कोरोना संक्रमण पुष्टि, पाँच जनाको मृत्यु

४ माघ २०७७ काठमाडौं । नेपालमा थप २६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६७३२२ पुगेको छ ।

कोरोना संक्रमणबाट नेपालमा थप ५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९५९ पुगेको छ ।

नेपालमा थप ४०० जना कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २६१४४४ पुगेको छ ।

हाल क्वारन्टिनमा २२१ जना रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या ३९१९ जना रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *