Main News

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

हिमालय टिभी
२०७७ माघ ४ गते १४:२३
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

४ माघ २०७७ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेट भएको हो। भेटमा सरकारका कामकारबाही र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ ।

प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्च अदालतमा बहस भइरहेका बेला प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग भेट गर्नुभएको हो ।

प्रतिनिधि सभा विघटनको सिफारिसमा प्रधानमन्त्री ओली र मन्त्रिपरिषद् कार्यालयले छुट्टाछुटै चिठी शीतल निवासमा पठाएको खुलेपछि अहिले नयाँ तरंग आएको छ। र, यो विषय चर्किँदै जाँदा राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *