दातृ निकाय यूएनएचसीआर फर्किएपछि भुटानी शरणार्थी अलपत्र

३ माघ २०७७ झापा । शरणार्थीको क्षेत्रमा काम गर्दै आएको दातृ निकाय यूएनएचसीआरको टोली फर्किएपछि झापाको बेलडागी र मोरङको पथरी शनिश्चरेमा बस्दै आएका भुटानी शरणार्थी अलपत्र परेका छन् ।
शरणार्थीको समस्या सामधान नहुँदै शरणार्थीका लागि संयुक्त राष्ट्रसंघको उच्च परिषदको टोली फर्किएपछि शिविरमा स्वदेश फर्कन र तेस्रो देश पुनर्स्थापना पर्खिएर बसेका भुटानी शरणार्थीहरु अलपत्र परेका हुन् ।
भुटानबाट नेपालमा आएका शरणनार्थीको व्यवस्थापनमा यूएनएचसीआरले सहयोग गर्दै आएको थियो । टोली फर्किएपछि स्वदेश फिर्ती र तेस्रो मुलुक पुनर्वास अलपत्र परेको पथरीशनिश्चरे शिविरका शिविर सचिव चम्पासिंह राईले जानकारी दिनुभयो ।
पथरीशनिश्चरेमा ५२० घर शरणार्थी परिवार छन् । जसमा एक हजार ६ सय बसिरहेका छन् । बेलडागी शिविर र पथरीशनिश्चरेमा गरी ७ हजार ५ सय शरणार्थी रहेका छन् ।
जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार सरकारी रेकर्डमा भने दुईवटै शिविरमा गरी ६ हजार ३ सय ६५ जना रहेको उल्लेख छ ।
शिविरमा रहेकामध्ये ६० प्रतिशतभन्दा बढी परिवारमा पुनर्मिलनका लागि तेस्रो देश जान चाहान्छन् । केही स्वदेश फर्कन चाहाने पनि छन् ।
प्रतिक्रिया