Main News

संवैधानिक इजलासमा न्यायाधीश थप गर्न एमिकश क्युरीको सुझाव

हिमालय टिभी
२०७७ माघ २ गते १७:०३
संवैधानिक इजलासमा न्यायाधीश थप गर्न एमिकश क्युरीको सुझाव

२ माघ २०७७ काठमाडौं । नेपाल बार एशोसिएसनको एमिकस क्युरीका एक सदस्यले संसद विघटनको मुद्दाको सुनुवाइ गरिरहेको संवैधानिक इजलासमा न्यायाधीश थप्न सुझाव दिएका छन् ।

संवैधानिक इजलासबाट टुंगो लगाउने कि बृहत् इजलासमा लैजाने विवाद चलिरहेका बेला संवैधानिक इजलासमा न्यायाधीश थप्ने राय आएको हो । आज बहस गर्दै बारको एमिकस क्युरीमा रहेका वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले संवैधानिक इजलासमै न्यायाधीश थप्नुपर्ने बताउनुभयो ।

संविधानले प्रधानन्यायाधीश र चार न्यायाधीश रहने भनेको न्यूनतम भन्दै मुद्दाको अवस्था र गम्भीरता हेरेर थप गर्न सकिने बताउनुभयो । राय सुनेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले भने यसो गर्दा संविधान बाहिर हुने भन्दै संविधानभन्दा बाहिर जान कहाँ मिल्छ र भनेर प्रश्न गर्नुभएको छ ।

तर वरिष्ठ अधिवक्ता कार्कीले भने न्यायाधीश थप गर्दा संविधान उल्लंघन भएको नमानिने जिकीर गर्नुभयो । संसद विघटनविरुद्ध परेका १३ वटा रिट प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, न्यायायीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र तेजबहादुर केसीको संवैधानिक इजलासमा विचाराधीन छ ।

१२ रिट निवदेकले यो मुद्दा बृहत पूर्ण इजलासमा लैजानुपर्ने माग गरेपछि यसबारे नै बहस भइरहेको छ । आज सरकारका तर्फबाट बहस गरेका कानून व्यवसायीले बृहत् इजलासमा लैजान नमिल्ने भन्दै संवैधानिक इजलासबाटै टुंगो लगाउनुपर्नेमा जोड दिएका छन् । संसद विघटन भएको एक महिना हुन लागिसक्दा यो मुद्दा कुन प्रक्रियाबाट टुंगो लगाउने भन्नेमै बहस चलिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *