Political Hightlights

संसद विघटन राजनीतिक विद्रोह भएको मुख्यमन्त्री पोखरेलको दाबी

हिमालय टिभी
२०७७ माघ १ गते १८:१०
संसद विघटन राजनीतिक विद्रोह भएको मुख्यमन्त्री पोखरेलको दाबी

१ माघ २०७७ काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संसद विघटनको बचाउ गर्दै त्यसलाई राजनीतिक विद्रोह भन्नुभएको छ ।

मुख्यमन्त्री पोखरेलका अनुसार संसद विघटन गरेर नेपालको प्रजातान्त्रिक आन्दोलनमा देखिएको राजनीतिक जडताका विरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा राजनीतिक विद्रोह भएको छ ।

फेसबुकमा मुख्यमन्त्री पोखरेलले संसद विघटनलाई पार्टी निर्माणमा देखिएको परिणाम र नयाँ युगतर्फको पाइला भन्दै बचाउ गर्नुभएको छ । पार्टी पद्धतिमा सुधार नगर्ने हो भने नेकपाका पूनर्गठित पार्टीमा पनि फेरि समस्या आउन सक्ने पोखरेलको आंकलन छ ।

पार्टी प्रणालीमा समस्या रहेको र त्यसमा सुधार नै नयाँ एकताको आधार भएको पोखरेलले दावी गर्नुभएको छ । प्रचण्डकै कारण पार्टी फूटेको पोखरेलले आरोप लगाउनुभएको छ । ््

तर एकता र पछिल्लो फूटले दुई फरक आन्दोलनका प्रवृत्तिलाई अन्तरघुलन हुने अवसर दिएको पोखरेलको मूल्याङ्कन छ । केपी ओलीका साथमा रामबहादुर थापा र प्रचण्डको साथमा माधवकुमार नेपाल हुनुले नयाँ शिराबाट आन्दोलनलाई पूनर्गठन गर्ने अवसर दिएको पोखरेलले उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्