Main News

माघे सङ्क्रान्तिमा सार्वजनिक बिदा

हिमालय टिभी
२०७७ पुष २९ गते ६:३८
माघे सङ्क्रान्तिमा सार्वजनिक बिदा

२९ पुस २०७७ काठमाडौं । सरकारले माघे सङ्क्रान्ति तथा माघी पर्वका अवसरमा सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्को यही पुस २६ को निर्णयानुसार आगामी माघ १ गते मुलुकभर लागू हुने गरी सार्वजनिक बिदा दिइएको जानकारी गराएको छ ।

सरकारले उक्त दिन नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, सङ्घसंस्था र विदेशस्थित नेपाली नियोगमा सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
­­­

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *