Main News

प्रधानमन्त्रीले पद प्राप्तिका लागि मात्र पार्टी एकता गरेको प्रष्ट भएको छ-नारायणकाजी श्रेष्ठ (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष २४ गते १५:३९
प्रधानमन्त्रीले पद प्राप्तिका लागि मात्र पार्टी एकता गरेको प्रष्ट भएको छ-नारायणकाजी श्रेष्ठ (भिडियोसहित)

२४ पुस, काठमाडौं । नेकपाको प्रचण्ड नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले संविधानमा नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको भन्दै सर्वोच्च अदालतले उल्ट्याउनुपर्ने बताउनुभएको छ ।

सर्वोच्चले प्रधानमन्त्रीको कदमलाई सही मान्ने हो भने संविधान संशोधन हुने र त्यसलाई कुनै पनि हालतमा सहन नसकिने भन्दै संविधानसम्मत फैसला गर्न आग्रह गर्नुभयो ।

राष्ट्रिय सभाको बैठकमा श्रेष्ठले संविधानमा हुँदै नभएको प्रावधान कसैले प्रयोग गर्ने र त्यसलाई अनुमोदन गरे त्यो संविधान संशोधन भएर संविधान कागजको खोस्टोमा परिणत हुने श्रेष्ठको दावी छ

प्रधानमन्त्रीलाई संसद विघटन गर्ने कुनै अधिकार नभएको भन्दै श्रेष्ठले चर्को विरोध गर्नुभयो ।

प्रधानमन्त्रीले विगतमा पार्टी एकता, संविधानमा सहमति आफूले पद प्राप्त गर्नका लागि मात्रै गरेको प्रष्ट भएको श्रेष्ठको दावी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *