Main News

भेरी अस्पतालको कोभिड वार्डमा पर्याप्त अक्सिजन सप्लाई, संक्रमितको उपचारमा सहजता (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष २३ गते १८:३७
भेरी अस्पतालको कोभिड वार्डमा पर्याप्त अक्सिजन सप्लाई, संक्रमितको उपचारमा सहजता (भिडियोसहित)

२३ पुस, नेपालगञ्ज । नेपालगन्जको भेरी अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि १ सय ६२ बेडको कोभिड वार्ड ब्यबस्था गरिएको छ । बुटबलदेखि महेन्द्रनगरसम्मका कोरोनाका संक्रमित उपचारका लागि भेरी अस्पतालमा पुग्ने गरेका छन । वार्ड थपेर बेडमै अक्सिजन सप्लाइको व्यवस्था मिलाएपछि कोरोना संक्रमितको उपचारमा सहजता आएको छ ।

कोरोना संक्रमितको उपचारमा अक्सिजन थेरापी निक्कै प्रभाबकारी देखिएको छ । समय मै पर्याप्त मात्रामा अक्सिजन दिन सके संक्रमितलाई बचाउन धेरै हद सम्म सहज हुन्छ । कोरोनाको संक्रमण बढे संगै अक्सिजन ग्यासको माग पनि ह्वातै बढेको छ । बिगतका बर्षको तुलनामा अस्पतालमा अक्सिजन ग्यासको माग चार-पाँच गुणासम्म बढेको छ । बिगतका बर्षमा भेरी अस्पतालमा दैनिक २० सिलिन्डरसम्म अक्सिजन ग्यास खपत हुन्थ्यो भने यो बर्ष दैनिक २०० सिलिन्डरसम्म खपत भएको छ । पछिल्ला दिनमा बिरामीको चाप केहि घटेका कारण दैनिक ८० देखि १०० वटा सिलिन्डरसम्म खपत भइरहेको छ ।

भेरी अस्पतालमा नयाँ निर्माण गरिएका १६२ बेड मै अक्सिजन ग्यासको सप्लाईको ब्यबस्था मिलाइएको छ ।
गम्भीर संक्रमितका लागि १२ वडा मात्रै भेन्टिलेटर, ८ वटा सि प्याक र वाइ प्याक मेसिन, ६ वटा हाइ फ्लो नोजल क्यानलाको ब्यबस्था गरिएको छ । यी उपकरण चलाउँदा पनि अक्सिजन ग्यासको खपत हुन्छ । अक्सिजन ग्यासको खपत अत्यधिक हुँदा दैनिक २ लाखसम्म खर्च आउन थाले पछि अस्पताललाई खर्च धान्न समेत गार्‍हो परेको छ ।

बाँकेमा अहिले १०४ जना कोरोना संक्रमित छन । ती मध्ये अस्पतालमा भर्ना भएका ४८ जनाको उपचारमा अक्सिजन ग्यास प्रयोग भई रहेको छ । बाँकेका अस्पतालमा अहिलेसम्म उपचारको क्रममा ३३ महिला र ९५ जना पुरुषसहित १२८ जनाको मृत्यु भई सकेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *