Main News
यात्रुवाहक बस भेरी नदीमा खस्यो, चालकको मृत्यु
२०७७ पुष २३ गते १६:०६

२३ पुस, काठमाडौं । सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नम्वर ९ गराले बजार नजिकै यात्रुवाहक बस भेरी नदीमा खसेको छ ।
छिन्चु–जाजरकोट खण्डको गरालेमा अपरान्ह ३ बजेतिर बस भेरीमा खसेको ईलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक माधब प्रसाद चौधरीले जानकारी दिनुभयो । केहिवेर अघि प्रहरी टोली घटनास्थल पुगेर उद्धार शुरु गरेको छ ।
बसमा ३ जना मात्र रहेकाे इलाका प्रहरी कार्यालय छिन्चुले जनाएकाे छ । दाङकाे बबइ गाउँपालिका घर भएका बस चालक २१ बर्षिय सुमन नेपालीको मृत्यु भएकाे छ । घाइतेलाई उपचारका लागि काेहलपुर पठाइएकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।
प्रतिक्रिया