Main News

राष्ट्रियसभा बैठकमा प्रधानमन्त्रीको चर्को आलोचना (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष २३ गते १५:१७
राष्ट्रियसभा बैठकमा प्रधानमन्त्रीको चर्को आलोचना (भिडियोसहित)

२३ पुस, काठमाडौं । प्रतिनिधिसभा विघटन गरेकोमा राष्ट्रिय सभा सदस्यहरुले चर्को आलोचना गरेका छन ।

नेकपाको प्रचण्ड नेपाल समूह सहित सबै विपक्षी दलका सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरेका हुन । नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान नमानेर हिटलर बन्न खोजेको आरोप लगाउनुभयो । रायमाझीले आफूले संविधान नमान्ने, अरुले मात्र मान्नुपर्ने सोचाइ राखेर प्रधानमन्त्री हिटलर बन्न खोजेको हो भनेर प्रश्न गर्नुभयो ।

प्रधानमन्त्रीले पदमा रहने आफ्नो योग्यता गुमाएको पनि उहाँले टिप्पणी गर्नुभयो । सरकारले जस्तोसुकै कदम मान्न बाध्य पारेर राष्ट्रपति संस्थाको पनि बदनाम गरेको रायमाझीले आरोप लगाउनुभयो । प्रधानमन्त्री ओलीका कारण गणतन्त्र मुलुकका लागि अफापसिद्ध हो भनेर प्रचार गर्नेहरु हौसिएका रायमाझीले बताउनुभयो ।सांसद रामनारायण बिडारीले प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले असंवैधानिक काम गरेको बताउनुभयो ।

नेकपा नेता वामदेव गौतमले अविश्वास प्रस्ताव आउँदै छ भन्ने थाहा भएपछि प्रधानमन्त्रीले राजीनामा नदिएर पार्टी एकता जोगाउने अन्तिम अवसर गुमाएको बताउनुभएको छ ।

राष्ट्रिय सभा बैठकमा बोल्दै गौतमले प्रधानमन्त्री ओलीको कदमबारे टिप्पणी गर्नुभएको हो । पार्टीबाट अविश्वासको प्रस्ताव लगिँदैछ भन्ने थाहा पाएपछि प्रधानमन्त्रीले राजीनामा दिएको भए पार्टी एकता जोगिने गौतमको तर्क छ । ओलीलाई साथ र सुझाव दिँदा पनि संसद भंग गर्दा आफूलाई नसोधेको गौतमको गुनासो छ । ओलीको ठाउँमा आफू भएको भए राजिनामा दिने पनि गौतमको दाबी छ ।

 

प्रधानमन्त्री ओलीको कार्यशैलीकै कारण समस्या आएको गौतमले बताउनुभयो । यसअघि प्रधानमन्त्रीको आलोचना गर्ने गुटमा बसेर आफूले अविश्वासको प्रस्ताव असफल पारेको भन्दै गौतमले यसपटक प्रस्ताव लैजाँदा आफूलाई नसोधिएको पनि गुनासो गर्नुभयो । अहिले पनि आफू ओली र प्रचण्ड दुवैको गुटमा नरहेको गौतमले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *