Main News

काठमाडौं उपत्यकामा वायु प्रदुषणको मात्रा उच्च, सास लिनै गाह्रो

हिमालय टिभी
२०७७ पुष २१ गते ७:२०
काठमाडौं उपत्यकामा वायु प्रदुषणको मात्रा उच्च, सास लिनै गाह्रो

२१ पुस २०७७ काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदुषणको मात्रा उच्च देखिएको छ ।

सोमबार साँझ काठमाडौं, भैंसेपाटीको एअर क्वाली इन्डेक्स (एक्युआई) ४०३ पुगेको छ । अघिल्लो दिनको भन्दा यो दोब्बर भन्दा बढी हो ।

मौसमविद् डा. ऋषिराम शर्माले पश्चिमी वायुको प्रभावका कारण काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम बढेको र हिजो(अस्तिको तुलनामा वायु अत्यधिक प्रदूषित भएको हो ।

वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागको आँकडाले पनि उपत्यकाको वायु अत्याधिक प्रदुषित भएको पुष्टि गरेको छ । वातावरण विभागको वायु गुणस्तर निगरानीका अनुसार आइतबार भैंसेपाटीको एक्युआई १७३ थियो ।

२४ घण्टामै वायुको गुणस्तरमा दुई सय प्रतिशतभन्दा बढीले खराब भएको देखिन्छ । हिजो दिनभरि काठमाण्डौं उपत्यकामा घाम लागेको थिएन । कतिपयले सडकमा हिँड्दा आँखा पिरो(पिरो भएको अनुभव समेत गरेका थिए ।

खासगरी साँझपख घर बाहिर निस्कने धेरैले आँखा पिरो भएको अनुभव गरेका थिए । चिकित्सकहरूका अनुसार अत्याधिक वायु प्रदूषणका कारण समस्या भएको हो ।

वायु प्रदुषणको मात्रा अत्याधिक बढेकाले स्वास्थ्य सावधानी अपनाएर मात्र बाहिर निस्कन चिकित्सकले आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *