विदेश

जर्जियामा नतिजा उल्ट्याउन मत मागेको ट्रम्पको अडियो सार्वजनिक

हिमालय टिभी
२०७७ पुष २० गते ७:३५
जर्जियामा नतिजा उल्ट्याउन मत मागेको ट्रम्पको अडियो सार्वजनिक

२० पुस २०७७ न्युयोर्क । जर्जिया राज्यमा जितका लागि आवश्यक मत मागिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अडियो सार्वजनिक भएको छ ।

जर्जियाका एक शीर्ष चुनावी अधिकारीसँग नतिजा उल्ट्याउन सकिने संख्यामा भोटको व्यवस्था गर्न भनिएको ट्रम्पको फोनको अडियो सार्वजनिक भएको हो ।

अमेरिकी पत्रिका वासिंगटन पोष्टले उक्त अडियो सार्वजनिक गरेको हो । उनले रिपब्लिकन राज्यका सचिव ब्राड राफेन्सपर्गरसँग यसका लागि ११ हजार ७ सय ८० मत चाहिएको बताएका छन् ।

उता ब्राडले जर्जियाको परिणाम सही भएको जवाफ फर्काएका छन् । जर्जियामा डेमोक्रटेक उम्मेदवार तथा नवनिर्वाचित राष्ट्रपति जो बाइडेन विजयी भएका थिए ।

गत नोभेम्बर ३ मा भएको चुनावमा ३ सय ६ इलेक्टोरल कलेज मत ल्याउँदै बाइडेनले विजयी थिए । ट्रम्पले चुनावमा २ सय ३२ इलेक्टोरल कलेज मत जितेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *