५८०० जनामा परीक्षण गर्दा ४२१ जनामा कोरोना पुष्टि, थप ८ जनाको मृत्यु
१९ पुस २०७७ काठमाडौं । नेपालमा थप ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६१८५९ पुगेको छ । सक्रिय संक्रमित ५ हजार ४ सय ८७ छन्।
छिल्लो २४ घण्टामा काठमाडौं ८७ महिला र ११० पुरुष गरी १९७ जना कोरोना संक्रमित थपिएका छन्।
योसँगै उपत्यकामा एक लाख २० हजार ८५६ जना व्यक्ति संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १६०, ललितपुरमा २६ र भक्तपुरमा ११ जनालाई कोरोना संक्रमण देखिएको छ।
गत २४ घण्टामा ५ हजार ८ सय जनाको पीसीआर परीक्षण भएको छ। यो सँगै नेपालमा पीसीआर परीक्षण हुनेको संख्या १९ लाख ४८ हजार ५ सय २ पुगेको छ। हाल ३ सय ६७ क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।
कोरोना संक्रमणबाट नेपालमा थप ८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८७८ पुगेको छ ।
नेपालमा थप ६३७ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २५४४९४ पुगेको छ ।
प्रतिक्रिया