विदेश

भारतमा पहिलो स्वदेशी खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति

हिमालय टिभी
२०७७ पुष १९ गते ९:३३
भारतमा पहिलो स्वदेशी खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति

१९ पुस २०७७ नयाँ दिल्ली । भारत सरकारले थप एक कोरोनाविरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।

हिजो भारत सरकारले स्वदेशी कम्पनीले विकास गरेको कोरोनाविरुद्धको खोप कोभ्याक्सलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको हो ।

यसअघि भारत सरकारका विशेषज्ञ समूहले अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको खोपलाई मान्यता दिएको थियो ।

भारतीय कम्पनी भरत बायोटेकको कोरोनाविरुद्धको खोप कोभ्याक्सिनलाई लिएर केही प्रश्नहरु उठेपछि त्यस विषयमा भारत सरकारले थप अध्ययन गर्ने पनि बताएको छ ।

भारतले यस वर्षको जुनसम्म ३० करोड मानिसलाई कोरोनाविरुद्धको खोप लगाउने तयारी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *