Main News

देशका उच्च हिमाली भू–भागमा हिमपात र पहाडमा पानी पर्ने पूर्वानुमान

हिमालय टिभी
२०७७ पुष १९ गते ९:१०
देशका उच्च हिमाली भू–भागमा हिमपात र पहाडमा पानी पर्ने पूर्वानुमान

१९ पुस २०७७ काठमाडौं । आजदेखि मौसम बदली भई देशका विभिन्न ठाउँमा पानी पर्नेछ ।

मौसम पूर्वानुमान महाशाखाले अबको तीन दिनसम्म देशका उच्च हिमाली भू–भागमा हल्का हिमपात र पाहाडी क्षेत्रमा पानी पर्ने सम्भावना रहेको बताएको छ ।

महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली, र गण्डकी प्रदेशका उच्च हिमाली भू–भागमा हल्का हिमपातका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा लुम्बिनी र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तापक्रममा कमी आउनुका साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने र त्यस क्षेत्रमा अझ चिसो बढ्ने हुनाले चिसोबाट बच्न तथा तराई/पहाडी भू–भागका केही स्थानहरुमा बिहानीपख हुस्सु र कुहिरोका कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *