विदेश

चरमपन्थीको आक्रमणमा नाइजरमा ५६ जनाको मृत्यु

हिमालय टिभी
२०७७ पुष १९ गते ८:००
चरमपन्थीको आक्रमणमा नाइजरमा ५६ जनाको मृत्यु

१९ पुस २०७७ नाइजेरिया । नाइजरमा चरमपन्थी समूहले ५६ जना मानिसको हत्या गरेका छन् ।

संदिग्ध इस्लामी चरमपन्थी समूहले मालीको सीमा नजिक एक गाउँमा गरेको आक्रमणमा ५६ जनाको मृत्यु हुनुका साथै २० जना घाइते भएका छन् ।

स्थानीय अधिकारीले टिल्लाबारी क्षेत्रस्थित चोमाबान्गोउ नामको गाउँमा आक्रमण भएको पुष्टि गरेका छन् । उक्त क्षेत्रमा सन् २ हजार १७ देखि नै संकटकाल लागू छ ।

उक्त क्षेत्रमा छिमेकी देश मालीबाट आउने संदिग्ध जिहादीले धेरै पटक आक्रमण गरिसकेका छन् । जारोमदारेय नामको अर्को गाउँमा समेत आक्रमण भएको जनाइएको छ ।

दुई वटा गाउँमा आक्रमण भएको र मृतकको संख्या ७० सम्म रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उता घटनाबारे नाइजर सरकारको कुनै प्रतिक्रिया आएको छैन । पश्चिमी अफ्रिकी देश नाइजरमा अल कायदा र इस्लामिक स्टेट सम्बद्ध चरमपन्थीले यसअघि पनि कैयौं पटक आक्रमण गरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *