बँदेलको आक्रमणमा परी दाङमा चार जना घाइते

हिमालय टिभी
२०७७ पुष १८ गते १३:१०
बँदेलको आक्रमणमा परी दाङमा चार जना घाइते

१८ पुस २०७७ दाङ । दाङमा जंगली बँदेलको आक्रमणबाट चार जना घाइते भएका छन् ।

लमहीबाट दाउरा काट्न बकेन सामुदायिक वनमा गएकामाथि बँदेलले आक्रमण गरेको हो ।

आक्रमणमा लमही नगरपालिका वडा नम्बर १ बरूवाका हिरादेवी चौधरी, वडा नम्वर २ डोढइका ८ वर्षीय शिरीष गिरी, सोही ठाउँका ५५ वर्षीय धनिया चौधरी र अर्का एकजना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये गम्भीर अवस्थाका दुई जनालाई लमहीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बुटवल ल्याइँदैछ । दुई जनाको लमही अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *