Main News

विद्युत प्राधिकरणले भन्यो–अहिले लोडसेडिङ गर्नुपर्ने अवस्था छैन (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष १७ गते १७:३८
विद्युत प्राधिकरणले भन्यो–अहिले लोडसेडिङ गर्नुपर्ने अवस्था छैन (भिडियोसहित)

१७ पुस २०७७ काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको बताएको छ ।

प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पत्रकार सम्मेलन गरेर ३ वर्षअघि नै लोडसेडिङ अन्त्य भइसकेको र फेरि लोडसेडिङ गर्नुपर्ने अवस्था नआएको बताउनुभएको छ ।

केही सञ्चार माध्यममा अघोषित लोडसेडिङ शुरु भएको र विद्युत आपूर्ति व्यवस्थापन गर्न नसकेको भन्ने समाचारहरु प्रकाशित भएकोमा गम्भीर ध्यानाकर्षण भएको पनि शाक्यले बताउनुभयो ।

अहिलेको अवस्थामा केही स्थानमा प्राविधिक कारणले छोटो समयका लागि विद्युत आपूर्तिमा अवरोध हुँदा बत्ती गएको पनि शाक्यले बताउनुभयो । उहाँले अनावश्यक रुपमा बिजुली काट्ने कुनै काम नभएको र प्राविधिक कारणले बिजुली काटिँदा लोडसेडिङ भन्न नमिल्ने पनि बताउनुभयो ।

अहिले नेपालको विद्युत प्रणालीमा प्राधिकरणको आन्तरिक उत्पादन, निजी क्षेत्रको उत्पादन र नपुग हुँदा भारतबाट आयात गरी विद्युत माग बराबर नै आपूर्ति गरिराखेको कारणले लोडसेडिङ नभएको र भविश्यमा पनि गर्नुपर्ने कुनै सम्भावना नदेखिएको बताउनुभयो ।

राष्ट्रिय विद्युत प्रणालीमा भारवहन क्षमताभन्दा बढी विद्युत प्रवाह हुँदा केही समय विद्युत प्रसारण तथा आपूर्तिमा भएको अवरोधलाई लोडसेडिङ नभन्नसमेत आग्रह गर्नुभयो । तर यस्तो अवरोध न्यूनीकरण र निराकरण गर्न प्राधिकरण सक्षम रहेको पनि बताउनुभयो ।

यस्तै कोभिडका कारण विद्युत चुहावट करिब डेढ प्रतिशतले बढेकोमा अबको आठ महिनामा यसलाई पुरानै स्थितिमा ल्याउने गरी कर्मचारी परिचालन गरिएको बताउनुभयो । यस वर्ष साढे १४ प्रतिशतमा चुहावट झार्ने लक्ष्य लिए पनि गत वर्षको १५ दशमलव २७ प्रतिशतको हाराहारीमा कायम गर्न सक्षम हुनेगरी काम भइराखेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *