Main News

प्रचण्ड–नेपाल पक्षको आधिकारिकतासम्बन्धी निवेदन निर्वाचन आयोगले फिर्ता गरेको प्रधानमन्त्रीको दाबी

हिमालय टिभी
२०७७ पुष १७ गते १४:५५
प्रचण्ड–नेपाल पक्षको आधिकारिकतासम्बन्धी निवेदन निर्वाचन आयोगले फिर्ता गरेको प्रधानमन्त्रीको दाबी

१७ पुस २०७७ काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड–नेपाल पक्षको आधिकारिता दावीसहितको निवेदन निर्वाचन आयोगले फिर्ता गरिसकेको दावी गर्नुभएको छ ।

नेकपाको आधिकारिता विवाद सम्बन्धमा आयोग बोल्नु अघिनै प्रधानमन्त्री एवं नेकपाको एक समूहका अध्यक्ष ओलीको प्रतिक्रिया आएको हो ।

प्रवासी नेपाली मञ्चहरुले गरेको संयुक्त भर्चुअल कार्यक्रममा ओलीले आफूहरु नै आधिकारिक नेकपा भएको दावी गर्नुभयो । प्रचण्ड–नेपाल समूहको निवेदनको रित नपुगेको भन्दै आयोगले फिर्ता गरेको ओलीले दावी गर्नुभयो ।

विभाजित नेकपाको प्रचण्ड नेपाल समूहका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटन गरेका ओलीले चुनाव गराउन नचाहेको भनिरहँदा ओलीले भने चुनाव नहुने भए सूर्य चिन्ह किन चाहियो भन्दै प्रश्न पनि गर्नुभयो ।

प्रचण्ड र नेपालले कार्यकर्ताको मन दुखाएको ओलीको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *