Main News

बार एसोसिएसनले टुंगो लगायो ‘एमिकस क्युरी’ सदस्यको नाम

हिमालय टिभी
२०७७ पुष १७ गते १४:२७
बार एसोसिएसनले टुंगो लगायो ‘एमिकस क्युरी’ सदस्यको नाम

१७ पुस २०७७ काठमाडौं । नेपाल बार एसोसिएसनले प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटउपर सर्वोच्चले माग गरेको अदालतको सहयोगी अर्थात् ‘एमिकस क्युरी’का सदस्यको नाम टुंगो लगाएको छ ।

बारको हिजो बसेको बैठकले वरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनालीलाई एमिकस क्युरीमा सिफारिस गरेको हो ।

सर्वोच्च बारबाट पनि दुई जनालाई एमिकस क्युरीमा राखिनेछ । सर्वोच्च बारको आज बस्ने बैठकले नाम तय गर्ने बताइएको छ ।

नेपाल बारका महासचिव लीलामणि पौडेलका अनुसार विज्ञ र अनुभवका आधारमा तीन वरिष्ठ अधिवक्तालाई सिफारिस गरिएको हो । सार्वजनिक रूपमा विघटनका विषयमा आफ्नो धारणा नराखेकालाई पठाएको नेपाल बारले जनाएको छ ।

एमिकस क्युरीका लागि छानिएकामध्ये कार्की संवैधानिक मामिलाका जानकार मानिनुहुन्छ । पुस १० गते बसेको संवैधानिक इजलासले सरकारलाई कारण देखाऊ आदेश दिनुका साथै एमिकस क्युरी मगाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *