Main News

पहाडमा टोपी र तराईमा धोती दिवस

हिमालय टिभी
२०७७ पुष १७ गते १४:२३
पहाडमा टोपी र तराईमा धोती दिवस

१७ पुस २०७७ काठमाडौं । अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन आज नेपालको एक समुदायमा टोपी दिवस पनि मनाइन्छ ।

नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर विशेष गरी पहाडी क्षेत्रमा यो दिवस मनाउन थालिएको हो ।

जंगबहादुर राणाकी बहिनी डम्बरकुरमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलो पटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाइ छ ।

नेपाली टोपीको साइँनो बंगलादेशको ढाका, काश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ । विशेषतः भादगाउँले टोपी र ढाका टोपीलाई पहाडी समुदायले पहिचानका रुपमा लिने गरेका छन् ।

तराई मधेसका केही स्थानमा आज नै धोती दिवस पनि मनाउन थालिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *