Political Hightlights

नेकपाका अध्यक्ष प्रचण्ड र नेता गौतमबीच भेटवार्ता

हिमालय टिभी
२०७७ पुष १७ गते १४:०५
नेकपाका अध्यक्ष प्रचण्ड र नेता गौतमबीच भेटवार्ता

१७ पुस २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता वामदेव गौतमबीच भेटवार्ता भएको छ । खुमलटार गएर गौतमले प्रचण्डसँग भेटवार्ता गर्नुभएको हो ।

झण्डै एक घण्टा भएको भेटमा प्रचण्डले गौतमसँग आफूलाई साथ दिन आग्रह गर्नुभएको छ । तर गौतमले भने अझै केही दिन पर्खन भनेको बुझिएको हो ।

नेकपा दुई समूहमा विभाजन भएपनि गौतम अझै कतै लाग्नुभएको छैन । गौतमले अहिले पनि पार्टी एक हुनुपर्ने भन्दै त्यसका लागि प्रयास गरिरहेको बताउँदै आउनुभएको छ ।

राष्ट्रिय सभा बैठकमा पहिलो पटक सहभागी हुनु अघि गौतमले प्रचण्डसँग भेट्नुलाई अर्थपूर्ण मानिएको छ । पार्टी एक हुनुपर्ने पक्षमा रहेपनि गौतमले संसद विघटनको विरोध गर्दै आउनुभएको छ ।

गौतमले प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्थाको पनि जानकारी लिनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्