अमेरिकी उपराष्ट्रपति ह्यारिसले लगाउनुभयो कोरोनाविरुद्धको खोप

१५ पुस २०७७ न्युयोर्क । अमेरिकाका नव–निर्वाचित उप–राष्ट्रपति कमला ह्यारिसले कोरोना भाइरसविरुद्धको खोप लगाउनुभएको छ ।
हिजो अमेरिकाको एक टेलिभिजनमा प्रत्यक्ष प्रसारणको क्रममा उहाँले कोरोनाविरुद्धको खोप लगाउनुभएको हो । ह्यारिसले मोडर्ना इन्कले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप लगाउनुभएको हो ।
यसअघि अमेरिकाका निर्वाचित राष्ट्रपति जो बाइडेनले पनि कोरोनाविरुद्धको खोप लगाउनुभएको थियो । खोप लगाइसकेपछि उहाँले अरुलाई पनि खोप लगाउनका लागि प्रोत्साहित गर्ने उद्देश्यले खोप लगाएको प्रतिक्रिया दिनुभयो ।
अमेरिका कोरोनाका कारण विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक हो । जहाँ हालसम्म एक करोड ९९ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने ३ लाख ४६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
अमेरिकामा कोरोना विरुद्धको खोपका लागि अनुमति पाउनेमा मोर्डना दोस्रो हो भने त्यसअघि फाइजर र बायो एनटेकले बनाएको खोपले पहिले अनुमति पाइसकेको र मानिसहरुलाई विभिन्न चरणमा लगाइँदैछ ।
प्रतिक्रिया