विदेश

क्रोएसियामा शक्तिशाली भूकम्प, सात जनाको मृत्यु

हिमालय टिभी
२०७७ पुष १५ गते ७:३४
क्रोएसियामा शक्तिशाली भूकम्प, सात जनाको मृत्यु

१५ पुस २०७७ क्रोएसिया । क्रोएसियामा शक्तिशाली भूकम्पका कारण मृत्यु हुने मानिसको संख्या ७ पुगेको छ ।

भूकम्प जाँदा अहिलेसम्म ७ जनाको मृत्यु भएको र कैयन् मानिस घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

राजधानी जारेबदेखि दक्षिणपूर्वी पेट्रिन्जा शहर भूकम्पको केन्द्रविन्दु रहेको स्थानीय सञ्चारमाध्यमको भनाइ छ । पेट्रिन्जाका मेयरले भूकम्पका कारण आधा शहर नै ध्वस्त भएको बताउँदै उद्धार कार्य जारी रहेको बताए ।

भूकम्पबाट बत्ती लगायत सञ्चारका साधन अवरुद्ध भएका छन् । भूकम्पको धक्का बोस्निया, सर्बिया र इटालीमा समेत महशुस गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *