राजनीति

प्रधानमन्त्री ओलीमाथि नेकपा प्रचण्ड–नेपाल समूहले लगाए यस्ता आरोप (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष १४ गते १९:१८
प्रधानमन्त्री ओलीमाथि नेकपा प्रचण्ड–नेपाल समूहले लगाए यस्ता आरोप (भिडियोसहित)

१४ पुस २०७७ काठमाडौं । नेकपाको प्रचण्ड नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गणतन्त्र विरोधी र निरंकुश घोषणा गर्दै आन्दोलनको सामनाका लागि तयार रहन चुनौती दिएको छ ।

संसद विघटनको विरुद्धमा देशभर प्रदर्शन गर्दै प्रचण्ड नेपाल समूहले आन्दोलनको सामना गर्नका लागि तयार रहन प्रधानमन्त्री ओलीलाई चेतावनी दिएको हो ।

प्रचण्ड नेपाल समूहले ओली सरकारलाई परास्त गरेर छोड्ने उदघोष पनि गरेको छ । काठमाण्डौमा भएको कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सकेको गर्न प्रधानमन्त्रीलाई चुनौती दिनुभयो ।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक जीवन नै समाप्त हुन लागेको र वैशाखपछि पत्तासाफ हुने दावी गर्नुभयो ।

प्रचण्ड नेपाल समूहका अर्का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीलाई पूर्व राजा ज्ञानेन्द्रसँग तुलना गर्दै ओलीलाई परास्त गरेरै छोड्ने दावी दावी गर्नुभयो ।

संसद पुनर्स्थापना भएर छोड्ने भन्दै नेपालले त्यसका लागि सडक संघर्ष चर्काउन कार्यकर्तालाई आग्रह गर्नुभयो ।

वरिष्ठ नेता झलनाथ खनालले पनि प्रधानमन्त्री ओलीमाथि आक्रोश व्यक्त गर्नुभयो । ओलीको प्रतिगामी कदमविरुद्ध आन्दोलनको दुन्दुभी बजेको र अब सशक्त हुँदै जाने खनालले बताउनुभयो ।

अहिले सबै लोकतन्त्रवादी शक्ति ओली सरकारको तानाशाहीविरुद्ध केन्द्री हुनुपर्नेमा जोड दिँदै कांग्रेस र जनता समाजवादी पार्टीले गरिरहेको आन्दोलनमा पार्टीको ऐक्यवद्धता रहेको घोषणा गर्नुभयो । खनालले प्रधानमन्त्री ओलीले तीन वर्ष खेर फालेको आरोप लगाउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्