Main News
देशभर चिसो झन बढेपछि जनजीवन प्रभावित, तराईमा बाक्लो हुस्सु
२०७७ पुष १४ गते ९:२८
![देशभर चिसो झन बढेपछि जनजीवन प्रभावित, तराईमा बाक्लो हुस्सु](https://www.himalayatv.com/wp-content/uploads/2020/11/chiso.jpg)
१४ पुस २०७७ काठमाडौं । देशभर चिसो झन बढेपछि जनजीवनमा असर गरेको छ ।
आज देशका केही ठाउँमा घाम नलाग्ने सम्भावना रहेकाले चिसो अझ बढने मौसन विभागको अनुमान छ । चिसोले तराई मधेसका नागरिकलाई बढी समस्या देखिएको छ ।
काठमाडौं उपत्यकालगायत देशका धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ । आज राति भने सुदूरपश्चिम प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको छ ।
अन्य क्षेत्रको मौसम भने सफा रहनेछ । काठमाडौंको न्यूनतम तापक्रम १ दशमलव १ डिग्री सेल्सियसमा झरेको छ ।
यो न्यूनतम तापक्रमा यस वर्ष लागेपछि अहिलेसम्मकै सबैभन्दा कम हो । मौसमविद् सजिना शाक्यका अनुसार रातको समयमा मौसम सफा रहेकाले न्यूनतम तापक्रम घटेर १ दशमलव १ डिग्री सेल्सियसमा झरेको हो ।
प्रतिक्रिया