विदेश
नयाँ प्रकारको कोरोना देखिएसँगै सीमा बन्द गर्ने इन्डोनेसियाको निर्णय
२०७७ पुष १४ गते ७:२९

१४ पुस २०७७ इन्डोनेसिया । कोरोना भाइरसको नयाँ प्रकारको संक्रमण बढेको भन्दै इण्डोनेसियाले सीमा बन्द गर्ने निर्णय गरेको छ ।
नयाँ स्वरुपको कोरोना भाइरस फैलिन थालेपछि इण्डोनेसियाले आफ्नो सिमाना पुनः अस्थायी रुपमा बन्दको घोषणा गरेको हो । नाकाहरू आगामी जनवरी १ देखि १४ तारिखसम्म बन्द हुने सरकारी अधिकारीहरूले जनाएका छन् ।
मन्त्रिपरिषद्को बैठकपछि आयोजित पत्रकार सम्मेलनमा विदेशमन्त्री रेत्नो मर्सुदीले विदेशबाट आउनेलाई स्वदेश प्रवेशका लागि निषेध गर्न लागिएको जानकारी दिए ।
त्यस्तै विदेशका मन्त्री वा सोभन्दा उच्च ओहोदाका व्यक्तिलाई भने कडा मापदण्ड पालना गरेर मात्र आउने व्यवस्था गर्न सकिने उनको भनाइ छ ।
प्रतिक्रिया