Main News

प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले आज देशव्यापी विरोध प्रदर्शन गर्ने

हिमालय टिभी
२०७७ पुष १४ गते ६:१८
प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले आज देशव्यापी विरोध प्रदर्शन गर्ने

१४ पुस २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड नेपाल समूहले संसद विघटन गर्ने सरकारको निर्णयविरुद्ध आज देशव्यापी सडक प्रदर्शन गर्ने भएको छ ।

सरकारको कदमविरुद्ध सडकमा उत्रेको प्रचण्ड–नेपाल समूहले आज ७७ वटै जिल्लामा प्रदर्शन गर्न लागेको हो । जनसंगठनका भेला र ७७ वटै जिल्लामा बैठक गरेको नेकपाले आज प्रतिगमनका विरूद्ध आन्दोलन गर्ने निर्णय गरेको थियो ।

आज काठमाडौंमा बृहत् आमसभाको तयारी समेत भएको छ । अध्यक्ष प्रचण्ड र माधवकुमार नेपालले आमसभामा कम्तिमा ५० हजार कार्यकर्ता उतार्नेगरी तयारी गर्न निर्देशन दिनुभएको छ । सो अनुसार उपत्यका आसपासका जिल्लाबाट नेकपाका कार्यकर्ता राजधानी आउँदै छन् ।

उपत्यका विभिन्न ठाउँबाट निकालिएको जुलुस दिउँसो १२ बजे भृकुटीमण्डपमा पुगेर आमसभामा परिणत हुने छ। सभालाई प्रचण्ड, नेपालसहित झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायत नेताले सम्बोधन गर्नेछन्।

पुस ९ गते बसेको केन्द्रीय कमिटी बैठकले पुष २० गतेभित्र नगर र गाउँपालिकासम्म बैठक, भेला गर्ने, २५ गतेभित्र वडाहरूमा भेला गर्ने र काठमाडौँ लगायतका शहरहरूमा संसद विघटनविरुद्ध दैनिक आन्दोलन गर्ने निर्णय समेत गरेको छ ।

आनदोलनका लागि नेकपाले प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा २ हजार ५ सय १ सदस्यीय सघर्ष समिति समेत गठन गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *