Main News

५५७८ जनामा परीक्षण गर्दा ५६९ जनामा कोरोना पुष्टि, थप ७ जनाको मृत्यु

हिमालय टिभी
२०७७ पुष १३ गते १६:१६
५५७८ जनामा परीक्षण गर्दा ५६९ जनामा कोरोना पुष्टि, थप ७ जनाको मृत्यु

१३ पुस २०७७ काठमाडौं । नेपालमा थप ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५८८४० पुगेको छ। सक्रिय संक्रमित ६ हजार चार सय २७ छन्।

५ हजार ५ सय ७८ जनाको पीसीआर परीक्षण गर्दा ६ सय ५९ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पीसीआर परीक्षण हुनेको संख्या १९ लाख १५ हजार २ सय ३२ पुगेको छ।

काठमाडौं १११ महिला र १६७ पुरुष गरी २०८ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख २० हजार ३८१ जना व्यक्ति संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २०७, ललितपुरमा ४९ र भक्तपुरमा २२ जनालाई कोरोना संक्रमण देखिएको छ। आज काठमाडौंमा २ हजार ८२३ ललितपुरमा ३८९ र भक्तपुरमा १५४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कोरोना संक्रमणबाट नेपालमा थप ७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८३२ पुगेको छ ।

नेपालमा थप ७१८ जना कोरोना संक्रमित निको भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २५०५८१ पुगेको छ । हाल ३ सय ६९ जना क्वारेन्टाइनमा छन्।

हाल २९४ जना कोरोना संक्रमित अस्पतालको आइसीयु र भेन्टिलेटरमा छन्। २५४ जना आइसीयु र ४० जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *