गेम अफ थ्रोनका विकासकर्ताको विष खुवाएर हत्या
१३ पुस २०७७ बेइजिङ । गेम अफ थ्रोनका विकासकर्ता चिनियाँ युवा टाइकुन लिन कीको हत्या भएको छ ।
मोबाइलमा खेलिने सो खेलको विकासकर्तालाई उनकै साथीले विष खुवाएर मारेको हुन सक्ने आशंका सांघाई प्रहरीको छ ।
प्रहरीले विज्ञप्ति जारी गर्दै सु थर भएका उनका साथीले चियामा विष मिसाएर खुवाएको हुनसक्ने उल्लेख गरेको छ ।
चीनको धनी ब्यक्तिहरुको सुचीमा रहेका लिनसँग एक अर्ब ३० करोड अमेरिकी डलर बराबरको सम्पत्ति रहेको पनि बताइएको छ । उनको निर्माणमा नेटफ्लिक्सको थ्री बडी प्रब्लम नामक सिरिज पनि रिलिज हुने क्रममा थियो ।
स्थानीय संचारमाध्यमका अनुसार सोही सिरिजका निर्मातामध्येका एक सु याओ अभियुक्त हुन सक्ने बताइएको छ ।
युजु नामक कम्पनीका प्रमुख कार्यकारी समेत रहेका ३९ वर्षे लिन कीको नेतृत्वमा अन्य खेलका एपहरु पनि विकास भएका छन् ।
प्रतिक्रिया