Main News

किन नेपाल आयो उच्चस्तरीय चिनियाँ टोली ? यस्तो छ भित्री रहस्य

हिमालय टिभी
२०७७ पुष १२ गते २०:५२
किन नेपाल आयो उच्चस्तरीय चिनियाँ टोली ? यस्तो छ भित्री रहस्य

१२ पुस २०७७ काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ यचौसहित चार सदस्यीय टोली आइतबार काठमाडौं अवतरण भएदेखिनै सबै गतिविधि गोप्य राखिएको छ । उनीहरुले नेपाल प्रहरीको तर्फबाट सुरक्षार्थ खटिएको टोलीलाई ‘सुरक्षा नचाहिने’ भन्दै फिर्ता गरेका छन् ।

त्यसैले यो भ्रमणको उद्देश्य गोप्य तर खुला जस्तै नेकपासँग जोडिएको अनुमान छ । नेपाल आउने गुओ यचौ त्यही नेता चिनियाँ नेता हुनुहुन्छ, जसले तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता अघि काठमाडौं आउनुभएको थियो ।

नेकपा एकीकरणअघि चिनियाँ अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ यचौले नेपाल भ्रमण गरेका गर्नुभएको थियो २०७४ फागुन ८ मा नेपाल आएका गुओले नेताहरू पुष्पकमल दाहाल प्रचण्ड, केपी ओलीसहितका नेताहरूसँग भेट गर्नुभएको थियो र , त्यसपछि नै पार्टी एकीकरणका लागि प्रस्ताव तयार भएको थियो ।

गुओ भ्रमणपछि सहमति भएर ०७६ जेठ ३ गते एकता घोषणा भएको थियो, त्यसैले गुओलाई एकताका सूत्रधार भनेर पनि विश्लेषण गर्ने गरिएको छ । तर एकतापछि नै विवाद भएपछि पार्टी एकीकरणमा भूमिका निर्वाह गरेको चीनले नेकपाको विवाद समाधानका लागि प्रयाससमेत गरेको थियो ।

चिनियाँ राजदूत होउ यान्छीले विवाद समाधानका लागि पटकपटक राष्ट्रपति विद्यादेवी भण्डारीसहित शीर्ष नेतासँग भेट गर्नुभएको थियो । तर नेकपा विवाद समाधान गर्न चिनियाँ राजदूतको प्रयास असफल भएपछि यहीबीचमा गत १४ मंसिरमा चिनियाँ रक्षामन्त्री वाङ् फेईको नेपाल भ्रमणसमेत भयो ।

भेटमा राष्ट्रपति भण्डारीलाई चिनियाँ समकक्षी सी जिनपिङको चीन नेकपाको विभाजन चाहँदैन, एकताका लागि तपाईंले भूमिका निर्वाह गर्नुस् भन्ने सन्देश थियो ।

रक्षामन्त्रीमार्फत समकक्षीको सन्देश र सद्धभाव प्राप्त भएपछि राष्ट्रपति भण्डारीले प्रचण्ड र ओलीलाई मिलाउन भूमिका निर्वाह गर्न उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा बादललाई भेट गरी आग्रह गर्नुभएको थियो ।

त्यसका लागि प्रयास पनि भएको थियो । तर त्यसले काम गरेन र नेकपा फूट्यो । नेकपाका एक नेताका अनुसार नेकपा यति छिटै विभाजनको बाटोमा जाला भन्ने चीनको अनुमान थिएन । त्यसैले यो विभाजनबाट चीन आश्चर्यमा परेको छ ।

त्यसैले नेपाल मामिलाका जानकार मानिने गुओको नेपाल भ्रमण भएको छ । अझै पनि, नेकपाको विवादलाई साम्य पार्न सकिन्छ कि भन्ने बाटो खोज्ने पहलस्वरूप गुओ नेपाल भ्रमणमा आएको दावी गरिएको छ ।

‘नेकपाका नेताहरूसँग चिनियाँ टोलीले राष्ट्रपति सी को सन्देश सुनाउने र फेरि पनि पार्टी एकताको सम्भावना खोज्न प्रेरित गर्ने रहेको नेकपाका एक नेताको दावी छ ।

ती नेताका अनुसार फूटेको अवस्थामा पनि सहकार्यको ठाउँ खोज्ने चिनियाँ टोलीको उद्देश्य छ । संभवत शुरुमै राष्टपति विद्यादेवी भण्डारीसँगको भेटले त्यसैको संकेत गरेको छ, किनकी नेकपाको फूटमा राष्टपति भण्डारीको भूमिका ओलीका पक्षमा निकै सहयोग छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *