Main News

स्वास्थ्यका लागि जाडोयाममा पानीः कति र कसरी पिउने ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष ११ गते १४:५५
स्वास्थ्यका लागि जाडोयाममा पानीः कति र कसरी पिउने ? (भिडियोसहित)

११ पुस २०७७ काठमाडौं । पोषणयुक्त खानेकुराले हाम्रो शरीरलाई चाहिने शक्ति आपुर्तिका साथै तन्दुरुस्त राख्न मद्दत गर्छ । यस्तै पर्याप्त पानीले शरीरलाई स्फूर्त र स्वास्थ्य राख्छ । तर शरीरमा पानीको कमी हुँदा भने धेरै समस्या निम्तिन सक्छ । जाडोको समयमा धेरैले पानी पिउन रुचाउँदैनन् । जुन हानिकारक छ । पानी अभावका कारण कस्ता समस्या आउँछन त ?

पानीबिनाको जिन्दगी कल्पनाभन्दा पनि बाहिरको कुरा हो । तर जाडोयाममा हामीलाई त्यति धेरै पानी पिउन मन लाग्दैन । कतिपयको त जाडो होस् वा गर्मी, दुवै मौसममा पानी पिउने बानी हुँदैन । पानी नपिउँदा हामीलाई खासै समस्या भएजस्तो पनि लाग्दैन । तर पानीकै अभावमा पाचन प्रणाली, निस्काशन प्रणाली लगायत शरीरका सम्पूर्ण भागमा असर परिरहेको हुन्छ ।

त्यत्ति मात्रै होइन, मधुमेह, उच्च रक्तचाप, मुटुसँग सम्बन्धित समस्या, ग्यास्टिक, शरीरमा हुने आलस्यता, कब्जियत पनि पानीकै कमीका कारण हुनेगर्छ । पानीको अभावले मिर्गौलामा त झन ठुलो समस्या हुन्छ ।

पानी पिउँदा कति पिउने भन्ने पनि ख्याल गर्नुपर्छ । जथाभावी पानी पिउँदा पनि समस्या हुन सक्छ । विज्ञका अनुसार एकै पटकमा धेरै पानी पिउनु खतरनाक हुन्छ । त्यसैले दिनमा बिहानदेखि बेलुकीसम्म पटकपटक गरेर दुईदेखि तीन लिटरसम्म पानी पिउनु राम्रो हुन्छ ।

जाडो महिनामा पर्याप्त पानी पिउन मन लाग्दैन। त्यसैले पानीको मात्रा परिपूर्ति गर्न फलफूल, जुस पनि सेवन गर्न सकिन्छ । सबै उमेर समूहका व्यक्तिले तिर्खा लाग्दा मात्रै होइन, अरु बेला पनि नियमित रुपमा सफा पानी पिउनुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *