Main News
प्रधानमन्त्री ओलीले भ्रष्टाचारीको संरक्षण गरेः प्रचण्ड
२०७७ पुष १० गते १८:३०

१० पुस २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारको संरक्षण गरिरहेको आरोप लगाउनुभएको छ ।
आज पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले आफू पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने बताए पनि व्यवहार भने उल्टो रहेको आरोप लगाउनुभयो । प्रधानमन्त्रीले भ्रष्टाचारीको संरक्षण गरिरहेको भन्दै प्रचण्डले उहाँको जस्तै स्वर बनाएर कटाक्ष गर्नुभयो ।
यसअघि पार्टी विवादका क्रममा पेश गरिएको लिखित प्रस्तावमा पनि प्रचण्डले ओलीमाथि भ्रष्टाचारको संरक्षण गरेको आरोप लगाउनुभएको थियो ।
प्रतिक्रिया